सुआरेजलाई बिदा गर्न कोम्यानद्वारा ६० सेकेन्डको फोन कल – Janadesh Daily | ePaper

सुआरेजलाई बिदा गर्न कोम्यानद्वारा ६० सेकेन्डको फोन कल


एजेन्सी ।

उरुग्वेली फरवार्ड लुइस सुआरेजले क्याटलान क्लब बार्सिलोनाको नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले बार्सिलोनामा आफ्नो भविष्य नरहेको बताएका छन् ।

बार्सिलोनाको संचारमाध्यम स्पोर्टका अनुसार प्रशिक्षक कोम्यानले सुआरेजलाई फोन वार्तामा बार्सिलोनाको कुनै भविष्य नरेहको बताइएको छ । कोम्यान र सुआरेजबीच ६० सेकेन्ड अर्थात १ मिनेटमात्रै फोन वार्ता भएको थियो । कोम्यानको यो व्यवहारले पनि सुआरेज रुष्ट भएको बुझिएको छ ।

३३ वर्षे फरवार्ड कोम्यानको योजनामा नरहेकाले उनी नै क्लब छाड्ने प्रमुख खेलाडी हुनेछन् । बार्सिलोनामा सुआरेजको सम्झौता अझै एक वर्ष बाँकी छ । उनी एक सिजन बार्सिलोनामै रहेर अर्काे सिजन फ्रि–ट्रान्सफरबाट सरुवा हुन पनि सक्नेछन् । तर, युरोपका ठुला क्लबहरुले सुआरेजमाथि नजर लगाइसकेको छ ।

च्याम्पियन्स लिगको क्वाटरफाइनलमा जर्मन क्लब बायर्न म्युनिखसँग ८–२ को लज्जास्पद हारसँगै बार्सिलोना नयाँ बलियो टिम बनाउने योजनामा छ । बार्सिलोनाको समाचार आउटलेट स्पोर्ट्सका अनुसार ६० सेकेन्डसम्म चलेको वार्तालापमा उनलाई बेच्न चाहेको खुल्लम खुल्ला बताएपछि सुआरेज क्रोधित भएको बताइएको छ ।

यो वार्तापछि सुआरेज बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टाेमेउसँग पनि क्रोधित बनेका छन् । जसले क्याटलान क्लबमा सुआरेजको भुमिकाको बारेमा कुरा समेत गरेका छैनन् । ‘यदि क्लबको चाहना हो भने राम्रो हुन्छ । तर, इन्चार्जले छनोट गरेको व्यक्तिले मसँग सिधै बोल्छ भने म छाड्न तयार छु,’ सुआरेजले भने, ‘म क्लबको पनि राम्रो चहान्छु । यो मेरो पनि चाहना हो । निर्णय गर्नेहरुसँग कुरा गर्न कुनै समस्या छैन ।’

सुआरेज क्लबको दोस्रो सर्वाधिक गोलकर्ता हुन् । उनले सेजार रोड्रिग्वेजलाई उछिनेका छन् । सुआरेजले बार्सिलोनाको लागि २८३ खेलमा १९८ गोल गरेका छन् । ६ वर्षको बार्सिलोना बसाईमा सुआरेजले हरेक सिजनमा २० भन्दा बढी गोल गरेका छन् ।

उनले गत सिजन उनी चोटका कारण चार महिना मैदान बाहिर रहेर पनि २१ गोल गरेका थिए । जुन बार्सिलोनामा उनको सबैभन्दा कम स्कोर हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्