जनताको ज्यानको रक्षा नै प्रदेश सरकारको पहिलो प्राथमिकता: मुख्यमन्त्री लालबाबु राउत – Janadesh Daily | ePaper

जनताको ज्यानको रक्षा नै प्रदेश सरकारको पहिलो प्राथमिकता: मुख्यमन्त्री लालबाबु राउत


जनकपुर,

मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीको यस सङ्कटका घडीमा जनताको ज्यानको रक्षा नै प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ ।

कोरोना महामारीको वर्तमान अवस्था, प्रदेश सरकारले चालेका कदम र आगामी दिनमा प्रदेश सरकारले चाल्नुपर्ने कदमबारे सरोकार पक्षसँग सृुझाव प्राप्त गर्न सर्लाहीको हरिवनमा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले जनताको ज्यानको रक्षाबाहेक अन्य सोच्ने बेला अहिले नरहेको स्पष्ट पार्नुभयो ।

उहाँले कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले पटक पटक जिल्लामा रकमका साथै अन्य स्वास्थ्य उपकरण तथा सामग्री पठाए पनि जिल्लास्थित जिम्मेवार व्यक्तिले सदुपयोग गर्न नसकेको गुनासो गर्नुभयो ।

उहाँले प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालय, अस्पताललगायतलाई रकम उपलब्ध गराए पनि खर्च गर्न नसक्नु दुर्भाग्यपूर्ण रहेको बताउनुभयो ।

उहाँले जनअपेक्षानुरुप आठै जिल्लामा पिसिआर टेष्टका लागि प्रक्रिया शुरु भइसकेको जानकारी दिँदै रौतहटमा जडान प्रक्रिया शुरु भइसकेको र बाँकी जिल्लामा १५ दिनभित्र पिसिआर मेशिन सञ्चालनमा आउने बताउनुभयो ।

कार्यक्रममा सामाजिक विकासमन्त्री नवलकिशोर साहले स्वास्थ्य सामग्रीको कुनै अभाव हुन नदिइने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्