जनादेश, काठमाण्डौ ।
सरकारले विदेश पढ्न जान चाहने विद्यार्थीलाई अध्ययन अनुमतिपत्र (नो अब्जेक्सन सर्टिफिकेट–एनओसी) दिने भएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले विद्यार्थीलाई एनओसी दिने निर्णय गरेको अर्थमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।
‘मन्त्रिपरिषद्को निर्णय आएपछि अनलाइनबाटै एनओसी प्राप्त गर्न सक्ने व्यवस्था मिलाएका छौं,’ मन्त्रालयका सहसचिव रामशरण सापकोटाले बताएकाछन् । ।