खर्च कटौती गर्दै बैंकहरू – Janadesh Daily | ePaper

खर्च कटौती गर्दै बैंकहरू


२१ अषाढ २०७७, काठमाण्डौ । कोभिड–१९ का कारण व्यवसाय खुम्चने भएपछि बैंकहरूले  खर्च कटौतीको तयारी गरेका छन् । सञ्चालन खर्च घटाउन करार र आउटसोर्सिङमा राखिएका कर्मचारी कटौती, शाखा घटाउने, आवश्यकभन्दा बढी संख्यामा रहेका एटिएम हटाउने काममा बैंकहरू लागेका छन् ।

कर्मचारी कटौती र एटिएम घटाउनेमा खासै सरकारको हस्तक्षेप नभए पनि शाखा बन्द गर्ने विषयमा भने राष्ट्र बैंकको अनुमति अनिवार्य लिनुपर्ने व्यवस्था छ । तर, वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले शाखा बन्द गर्ने अधिकार बैंकहरूलाई नै दिनुपर्ने माग गर्दै आगामी मौद्रिक नीतिमा सुझाब दिइसकेका छन् । ‘हाम्रो संघले मौद्रिक नीतिमा सम्बोधन गर्न बैंकहरूले आफ्नै तजबिजीमा शाखा बन्द गर्न पाउनुपर्ने माग गरेका छौँ,’ एक बैंकरले भने । बैंकरहरूले यस्तो मागमा राष्ट्र बैंक भने सकारात्मक देखिएको छैन ।

बैंकहरूले हालसम्म खर्च कटौतीका लागि करारका कर्मचारी कटौतीबाहेक अन्य उपायमा जान सकेका छैनन् । हाल नेपाल एसबिआई बैंकका प्रमुख कार्यकारी अधिकृत अनुकूल भट्नागरको नेतृत्वमा खर्च कटौती समिति बनाएको छ । समितिले हालसम्म प्रतिवेदन पेस गरिसकेको छैन ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्