प्रदेश सरकारले विद्यालयमा सिकाइ शैक्षिक कार्यक्रम सञ्चालन गर्ने – Janadesh Daily | ePaper

प्रदेश सरकारले विद्यालयमा सिकाइ शैक्षिक कार्यक्रम सञ्चालन गर्ने


विराटनगर,

प्रदेश नं १ को सरकारले कोभिड–१९ का कारण बन्द विद्यालयहरुमा सिकाइ शैक्षिक कार्यक्रम सञ्चालनको तयारी शुरु गरेको छ ।

विगत पाँच महिनादेखि बन्द विद्यालयहरुमा शैक्षिक गतिविधि ठप्प भएकाले त्यसलाई पुनः सञ्चालन गर्न विद्यालयमा सिकाइ कार्य शुरु गर्न लागिएको हो ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिसँग परामर्श गरी विद्यालयमा सिकाइ सञ्चालनको मार्गनिर्देशन तयार गर्न दिएको निर्देशनअनुसार मन्त्रालयको शैक्षिक महाशाखाले छलफल गरी सुझाव सङ्कलन गरेको छ ।

मन्त्री घिमिरेले मन्त्रालयले विद्यालयमा सिकाइ सञ्चालनका लागि सङ्घीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग समन्वय गरेर अघि बढ्ने बताउनुभयो । उहाँले मन्त्रालयले प्राप्त गरेको सुझावअनुसार चाँडै बैठक बसेर निष्कर्षमा पुगिने पत्रकारहरुलाई आज बताए ।

मन्त्रालयले स्थानीय तहका प्रमुख/उपप्रमुख, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख, शिक्षक महासङ्घ, प्याब्सन, एनप्याब्सन र अभिभावक सङ्घसँग छलफल गरी सङ्कलन गरेको सुझाव शिक्षा मन्त्रालयसमक्ष पेश गरेको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्