जनादेश, काठमाडौँ ।
शनिबार बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ ।
भोली बस्ने भनिएको बैठक स्थगित गरी १८ गते बोलाइएको नेकपा स्रोतले जनाएको छ ।
शनिबार डाकिएको बैठकमा नेकपाले गठन गरेको विवाद समाधान कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गरिने जनाइएको थियो । बैठक स्थगित हुनुको कारण भने खुलाइएको छैन् ।