नेपालले जित्यो १० पदक – Janadesh Daily | ePaper

नेपालले जित्यो १० पदक


काठमाडौं । नेपालले आईएसकेयू इन्टरनेसनल अनलाइन कराते काता च्याम्पियनसिपमा ४ स्वर्णपदकसहित १० पदक हात पार्न सफल भएको छ । नेपालले चार स्वर्ण, समान ३ रजत पदक र ३ कांस्य पदक गरी १० पदक जित्न सफल भएको हो ।

नरहरिपुर कराते डोजो, मच्छेगाउँकी सञ्जु देसारले महिला क्याडेट इभेन्ट्समा श्रीलंकाकी एसएभी देभमिनी डि सिल्भालाई पराजित गर्दै स्वर्णपदक हात पारिन् । यस्तै ७ वर्षमुनिको स्पर्धामा प्रशन्न घर्ती मगरले आयोजक भारतका सात्विक खेतानलाई पराजित गर्दै स्वर्ण दिलाए । आठ वर्षमुनिको स्पर्धामा सत्कार घर्ती मगरले श्रीलंकाका थरुसा लकमललाई पराजित गर्दै स्वर्ण जिते । यस्तै, महिला १० वर्षमुनिको स्पर्धामा दीक्षा महताराले इरानकी साबा रोहीलाई पराजित गर्दै स्वर्ण हात पारिन् ।

इन्टरनेसनल सोतोकान कराते युनाइटेड (आईएसकेयू) र इन्स्टिच्युट अफ सोतोकान कराते युनाइटेड (आईएसकेयू)को संयुक्त आयोजनामा भएको च्याम्पियनसिपमा पुरुष क्याडेटतर्फ मनीष कार्की, महिला नौ वर्षमुनि स्वेता तामाङ र १३ वर्षमुनिको समूहमा सिर्जना महताराले रजत प्राप्त गरे । २ जुलाईदेखि सञ्चालन भएको च्याम्पियनसिपमा नौ वर्षमुनिको पुरुष स्पर्धामा मुकेश खड्का, १० वर्षमुनिका स्पर्धामा ओन्तो घर्ती मगर र १३ वर्षमुनिको स्पर्धामा अमृत थोकरले कांस्य पदक प्राप्त गरेको प्रशिक्षक एवं खेलाडी रवीन्द्र मानन्धरले जानकारी गराएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्