एजेन्सी ।
डच फरवार्ड मेम्फिस डिपाएले ह्याट्रिक पुरा गरेपछि फ्रेन्च लिग वानको नयाँ सिजनको पहिलो खेलमा लियोनले फराकिलो जित निकालेको छ । घरेलु मैदानमा लियोनले डिजोनमाथि ४–१ को फराकिलो जित निकालेको हो ।
लियोनले एक गोलले पछि परेको स्थिति उल्ट्याएर फराकिलो जित हात पारेको हो । लियोनले एम गोल उपहार पाउदा डिजोनका उरालियन स्किडेलरले गरेको गोल सान्त्वना बन्यो ।
शुक्रबार राति भएको खेलमा घरेलु टोली खेलको १४औं मिनेटमा उरालियन स्किडेलरको गोलबाट पछि परेको थियो । एक गोलले पछि परेको लियोनले बल पोजेसनमा पकड बनाउदै डिजोनलाई दवावमा राख्दै ३९औं मिनेटमा बराबरी गोल फर्काउन सफल भयो ।
मेम्फिस डिपाएले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । एहमद नोउनचिलले म्याक्सवेल कर्नेटलाई पेनाल्टी बक्समा लडाएपछि प्राप्त पेनाल्टीमा डिपाए चुकेनन् । ४५औं मिनेटमा वेस्ली लाउटोआले आत्मघाती गोल गरेपछि लियोनले खेलमा २–१ को अग्रता बनायो ।
डिपाएको क्रसलाई गोलरक्षक अल्फ्रेड गोमेजले राम्ररी बचाउन नसकेको बललाई वेस्लीललाई लाग्दै गोलमा परिणत भएको थियो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा डिपाएले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए । कार्ल टोको इकम्वीको क्रस पासलाई कप्तान डिपाएले नियन्त्रणमा लिदै सिक्स यार्ड भित्रबाट गोल गर्न सफल भएको थिए ।
दोस्रो हाफमा पनि लियोनले पकड बनाएको थियो । ६६औं मिनेटमा लियोनले अर्काे पेनाल्टी प्राप्त ग¥यो । लियो डुवोइसले जोनाथन पान्जोले पेनाल्टी बक्समा लडाएपछि प्राप्त पेनाल्टीमा डिपाएले गोल गर्दै ह्याट्रिक पुरा गरे ।
नयाँ सिजनको लिग वानमा डिपाएको यो पहिलो ह्याट्रिक हो । लिग वानमा पनि पहिलो ह्याट्रिक हो । त्यसपछि थप गोल निस्कन नसक्दा लियोन ४–१ ले विजयी हुन सफल भयो ।