एजेन्सी ।
पेरिस सेन्ट जर्मेन (पिएसजी) ले पनि बार्सिलोनाका सुपर स्टार लियोनल मेस्सीका विषयमा गम्भिर चासो देखाएको बताइएको छ । त्यसै कारण नेयमार र एन्जल डि मारिया मेस्सीको सम्पर्कमा रहेको बताइएको छ ।
पिएसजीका खेलकुद निर्देशक लियोनार्दोले पनि अर्जेन्टिनी सुपर स्टारका प्रतिनिधिसँग पेरिस योजनाका विषयमा छलफल गरेका थिए । तर, अहिलेको समयमा मेस्सीले म्यानचेस्टर सिटी रोज्ने अनुमान गरिएको छ ।
बार्सिलोनाका पूर्व प्रशिक्षक पेप ग्वार्डिओला अहिले सिटीका प्रशिक्षक रहेका कारण मेस्सीको गन्तव्य त्यहाँ हुन सक्ने अनुमान छ । त्यसका बावजुद पनि पिएसजीका स्टारहरुले मेस्सीलाई मानाउन प्रयास गरिरहेका छन् ।
नेयमार र डि मारियाले पिएसजी जानका लायि मेस्सीसँग सम्पर्क गरेको बताइएको छ । दुवै जनासँग मेस्सीको सम्बन्ध राम्रो रहेको छ । नेयमारसँग मेस्सीले बार्सिलोनामा केहि वर्ष सहकार्य गरे । त्यस्तै डि मारिया अर्जेन्टिनी टोलीको मुख्य सदस्य मध्ये एक हुन् भने मेस्सी टोलीका कप्तान ।
मेस्सीलाई पिएसजीमा आबद्ध गराउन सकेको खण्डमा टोलीले युरोपिनय फुटबलमा प्रभाव जमाउन सक्ने भएकोले प्रयास थालेको हुन सक्छ । बायर्न म्युनिखसँग च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा ८–२ को हार बेहोरेको केहि दिनमा मेस्सीले क्लब छाड्ने निर्णय लिएका हुन् ।
मेस्सीले क्लबलाई पनि आफ्नो इच्छा पत्रमार्फत जानकारी गराइसकेका छन् । यद्दपी क्लबले कुनै निर्णय गरेको छैन । पिएसजी यसपटक इतिहासमै पहिलो पटक च्याम्पियन्स लिगको फाइनल पुगेको थियो । तर टोली फाइनलमा सोही बायर्नसँग पराजित भएको थियो ।