मास्क नलगाई घरबाहिर निस्किनेलाई पक्राउ गर्न गृहको आदेश – Janadesh Daily | ePaper

मास्क नलगाई घरबाहिर निस्किनेलाई पक्राउ गर्न गृहको आदेश


२२ आषाढ काठमाण्डौ । मास्क नलगाइ घरबाहिर निस्किनेलाई पक्राउ गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई बिना मास्क हिँडेको देखेमा पक्रन निर्देशन दिएको हो ।

सरकारले हाल लकडाउन पूर्णरुपमा खोलेको छैन । कोरोना संक्रमणको खतरा अहिले पनि रहेको र लकडाउन नखुली व्यवस्थित मात्र गरिएको छ । सरकारले जरुरी कामबाहेक घरबाहिर ननिस्कने, निस्कँदा अनिवार्य मास्क लगाउने, एकअर्काबीच कम्तीमा २ मिटरको सामाजिक दूरी कायम गर्नुपर्ने सुझाव दिएको छ ।

अब मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्