एजेन्सी ।
फ्रान्सेली क्लब लियोनले यूईएफए महिला च्याम्पियन्स लिगको उपाधि जितेको छ । जर्मन क्लब वल्फ्सबर्गलाई ३-१ ले पराजित गर्दै लियोन कीर्तिमानी सातौंपटक उपाधि जित्न सफल रहयो ।
लियोनले खेलको २५ अौं मिनेटमा इउजिन ले सोम्मरको गोलमा अग्रता बनाएको थियो । पहिलो हाफको १ मिनेट समय बाँकी रहँदा जापानी मिडफिल्डर साकी कुमागाइले गोल गर्दै लियोनको अग्रता दोब्बर पारिन् ।
दोस्रो हाफमा वल्फ्सबर्गले केहि सुधारिएको प्रदर्शन गर्यो । नतिजा स्वरुप एलेक्जेन्डर पपले ५५ अौं मिनेटमा हेडरमार्फत गोल गर्दै खेल बराबरीमा ल्याइन् । त्यसपछि पेर्निल हाडर र लेना अब्रेडर्फको प्रहारलाई गोलरक्षक सारा बौहाद्दीले विफल पार्दै वल्फ्सबर्गलाई बराबर गर्नबाट बन्चित गरिन् ।
खेलको ३ मिनेट समय बाँकी रहँदा सारा जर्क गुनासडटिरले गोल गर्दै जित पक्का गरिन् । उनले कर्नरमा बनेको मुभमा आएको प्रहारलाई गोलको दिशा दिएकी थिइन् । लियोनले सन् २०१६ यता लगातार पाँचौपटक च्याम्पियन्स लिग उपाधि जितेको हो ।