जनादेश, काठमाण्डौ ।
सल्यानमा बालबिबाह गर्न लागेका दुलाह दुलही र पण्डित सहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
थारमारेको गैरागाउँमा बाल बिबाह गर्न लागको भन्ने सूचना पाएको प्रहरीले २५ बर्षका दुलाह दिपेन्द्र शर्मा, १८ बर्षकी दुलही लक्ष्मी जैसी, विवाह गराउने पण्डित र दुलाहका बुवाआमालाई नियन्त्रणमा लिएको हो ।
उनिहरुलाई विवाह मण्डपबाटै नियन्त्रणमा लिएको र आबस्यक कानुनी कार्वाही हुने जिल्ला प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिएकाछन् ।