प्रशासनका कर्मचारीमा कोरोना, अत्याबस्यक बाहेकका सेवा बन्द – Janadesh Daily | ePaper

प्रशासनका कर्मचारीमा कोरोना, अत्याबस्यक बाहेकका सेवा बन्द


चन्द्रप्रकाश नेपाली ।

जिल्ला प्रशासन कार्यालय दाङका एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रशासनमा रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रमा कार्यरत एक अधिकृतलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

गत शुक्रबार विदामा घर गएको र चितवनमा पिसिआर जाँच गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । शनिबार ज्वरो आएपछि हिजो स्वाब जाँच गर्दा आज कोरोना देखिएको हो ।

यसैविच जिल्ला प्रशासन कार्यालय दाङले भोली देखी शान्ति सुरक्षा र मुद्धाको काम बाहेक अन्य सेवाहरु बन्द गरिएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले आज एक सूचना जारी गरि अर्को सूचना जारी नभए सम्मका लागि अत्याबस्यक बाहेक अन्य सेवाहरु रोकिएको जानकारी दिनुभएको छ ।

प्रशासनले अब कार्यालयका कर्मचारीहरुको पिसिआर जाँच गर्ने समेत तयारी गरेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्