नेकपाका नेता झलनाथ खनाल र चिनियाँ राजदूतबीच भेट – Janadesh Daily | ePaper

नेकपाका नेता झलनाथ खनाल र चिनियाँ राजदूतबीच भेट


काठमाण्डौ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । मंगलबार बिहान डल्लुस्थित नेता खनालको निवासमा राजदूत यान्छी र खनालबीच भेटवार्ता भएको हो ।

नेता खनाल र राजदूत होउबीच करिब ४५ मिनेट कुराकानी भएको थियो । तर छलफल कुन विषयमा भएको थियो भन्ने बारे खुलाइएको छैन ।

पछिल्लो समयमा राजदूत यान्छीले नेकपा भित्रको राजनीतिका बारेमा निकै चासो राखेको बुझिएको छ । उनले यसअघि नेकपा वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेटवार्त गरेकी छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्