नेपालमा कोरोना संक्रमित भएकामध्य ४६ प्रतिशत कोरोना मुक्त – Janadesh Daily | ePaper

नेपालमा कोरोना संक्रमित भएकामध्य ४६ प्रतिशत कोरोना मुक्त


चन्द्र प्रकाश नेपाली

नेपालमा कोरोना संक्रमित भएकामध्य ४६ प्रतिशत व्यक्तिहरु कोरोना मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म १६ हजार १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तिमध्य ७ हजार ४९९ अर्थात ४६ दशमलब ४ प्रतिशत संक्रमित व्यक्ति कोरोना मुक्त भएका हुन् । वितेको २४ घण्टामा नेपालमा ६८८ जना व्यक्तिले कोरोनालाई जितेर डिस्चार्ज भएका छन् ।

यसैबिच आज थप २ सय ४ जना व्यक्तिमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । यो सँगै नेपालमा १६ हजार १ सय ६८ जनामा कोरोना पोजेटिभ पुष्टि भएको मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको छ ।

वितेको २४ घण्टामा ६ हजार १ सय ३१ जनाको पिसिआर जाँच गरिएको छ । अब देशभरको क्वारेन्टाईनमा २५ हजार ७२७ जना र ८ हजार ६ सय ३४ जना आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्