सामाजिक दूरीको ख्यालै नगरी रातो मच्छिन्द्रनाथको रथ यात्रा, प्रहरीमाथि ढुंगामुढा – Janadesh Daily | ePaper

सामाजिक दूरीको ख्यालै नगरी रातो मच्छिन्द्रनाथको रथ यात्रा, प्रहरीमाथि ढुंगामुढा


जनादेश, काठमाडौं

सरकारले जारी गरेको निषेधाज्ञा उल्लंघन गर्दै सुरु भएको रातो मच्छिन्द्रनाथको रथ यात्रामा प्रहरीले हस्तक्षेप गरेको छ ।

रथ यात्रामा सामाजिक दूरीको ख्यालनै नगरी सयौँको संख्यामा स्थानीयहरु भेला भएका थिए । उपत्यकामा संक्रमणको जोखिम बढ्दै गर्दा रथ यात्रामा गरिएको हेलचक्रयाइलाई रोक्न प्हरीले पानीको फोहोरा प्रहार गरेको हो । रथ यात्रामा प्रहरीले हस्तक्षेप गरेपछि भेला भएका स्थनीयले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका छन् ।

रथ यात्रामा प्रहरीले हस्तक्षेप गरेको र परम्परामा ठेस पुर्‍याएको बताउँदै गुठीयारहरु आक्रोशित भएका छ्न । विश्वभर महामारीका रुपमा फैलिएको कोराना नियन्त्रणका लागि सरकारले उपत्यका लगाएत देशका जोखिम जिल्लाहरुमा निषेधाज्ञा जारी गरेको छ । यस अघि विज्ञप्ति जारीगर्दै सरकारले संक्मणको जोखिम नघटेसम्मका लागि भेला, मेला लगाएत रथ यात्राहरु नगर्न आग्रह गरेको थियो । तर, नेवार समुदायले भने परम्परा जोगाउने नाममा भिडभाग र रथा यात्रा स्थगीत गर्न मानेको देखिदैन ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्