स्वास्थ्य अनुसन्धानका क्षेत्रका नौ जना अवार्ड जित्न सफल – Janadesh Daily | ePaper

स्वास्थ्य अनुसन्धानका क्षेत्रका नौ जना अवार्ड जित्न सफल


स्वास्थ्य तथा जनसंख्या बैज्ञानिकहरुको छैटौँ राष्ट्रिय शिखर सम्मेलन आज सम्पन्न भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा भएको सम्मेलनमा अधिकांश स्वास्थ्य बैज्ञानिकहरुले भर्चुअल माध्यमबाट आफ्नो उपस्थिति जनाएका थिए ।

यसैबीच सम्मेलन समापनको अवसरमा परिषदले नौ जना स्वास्थ्य अनुसन्धानकर्ता तथा वैज्ञानिकहरुलाई पुरस्कृत गरेको छ ।
यसपटक चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमबाट भर्खरै सेवा निवृत्त प्राडा जीवनबहादुर शेरचनलाई हेल्थ रिसर्च लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ ।

यस्तै मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट ओरेसन अवार्डबाट बरिष्ठ नेत्र सर्जन डा सन्तुद रुईत सम्मानित भएका छन् ।
मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट योङ्ग हेल्थ रिसर्चर अवार्ड (४० बर्ष मुनिका मेडिकल डाक्टर) क्यान्सर रोग विशेषज्ञ डा विशाल ज्ञवालीले प्राप्त गरेका छन् ।

मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट योङ्ग हेल्थ रिसर्चर अवार्डबाट अशोक पाण्डे समेत सम्मानित भएका छन् ।
यस्तै दुर्गादेवी ज्ञवाली एनएचआरसी वेष्ट पेपर अवार्ड प्राडा गेहनाथ बराल सम्मानित भएका छन् । उनको मेनोपाउस र्याटिङ स्केल ः भ्यालिडेसन एण्ड एप्लीक्याविलिटी इन नेप्लीज वुमन शीर्षकको थियो ।

हेल्थ रिसर्च अवार्डबाट डा सुनिल मुननकर्मी, बेष्ट पेपर प्रिजेन्टेशन अवार्ड पोस्टरबाट शिक्षा अधिकारी, बेष्ट पेपर प्रिजेन्टेशन अवार्ड (ओरल)बाट प्रतिक खनाल लगायत सम्मानित भएका छन् ।

समापनकै अवसरमा कोभिड १९ महामारीमा समयको प्रभाह नगरी आफ्नो कार्यक्षेत्रमा अनवरत सेवा पुरयाएको भन्दै परिषदका कर्मचारी मानध्वज तामाङ्गलाई १५ हजार रुपैयाँ नगद पुरस्कार सहित सम्मान गरिएको छ ।

पुरस्कृत तथा सम्मानित कतिपय व्यक्तिहरु स्वंय उपस्थित भएका थिए भने कतिपयले भने आफन्त वा प्रतिनिधिमार्फत सम्मान ग्रहण गरेका थिए । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशनकुमार पोखरेल, परिषदका अध्यक्ष प्राडा अञ्जनीकुमार झा र कार्यकारी सदस्यसचिव डा प्रदीप ज्ञवालीले अवार्ड वितरण गरेका थिए ।

स्रोतः नेपाली हेल्थ

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्