राप्तीले बगाउदा एक महिलाको मृत्यु – Janadesh Daily | ePaper

राप्तीले बगाउदा एक महिलाको मृत्यु


चन्द्र प्रकाश नेपाली

घोराही । दाङमा राप्ती नदीले बगाउँदा एक महिलाको मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाट निवासी ५२ वर्षीया वसन्ता गिरीको हिजो राप्ती नदीले बगाउँदा मृत्यु भएको हो ।

गिरीको शव ११ किलोमिटर दक्षिणमा वडा नम्बर ३ मा फेला परेको प्रहरीले बताएको छ । गिरी बिहान ४ बजे घरबाट कसैलाई केही नभनी निस्किएकी परिवारले जनाएको छ ।

गिरी भालुवाङस्थित राप्ती नदी पुलको आसपासबाट बगेको हुन सक्ने प्रहरीले जानकारी दिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्