अमेरिकाले तोड्यो डब्लुुएचओसँगको सम्बन्ध – Janadesh Daily | ePaper

अमेरिकाले तोड्यो डब्लुुएचओसँगको सम्बन्ध


काठमाडौं । अमेरिकाले अन्ततः विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) सँगको सम्बन्ध औपचारिक रूपमै तोडेको छ । अमेरिकाले यही ६ जुलाईमा डब्लूएचओलाई पत्र पठाएर सम्बन्ध तोडेको औपचारिक जानकारी गराएको हो । यद्यपि यो प्रक्रिया पूरा हुन कम्तीमा एक वर्ष लाग्न सक्ने छ ।

कोरोना महामारी नियन्त्रण गर्न नसकेको तथा चीनसँग मिलेको आरोप लगाउँदै अमेरिकाले डब्लुुएचओसँगको सम्बन्ध तोडेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै डब्लूएचओसँग नाता तोड्ने तथा उसलाई दिने अनुदान अन्य क्षेत्रमा लगाउने घोषणा गरेका थिए । अमेरिकाको यस्तो भनाइपछि डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एडहानम गेब्रियससले त्यस्तो नगर्न भनेका थिए । उनले संस्थालाई सबैभन्दा बढी अमेरिकाकै मद्दतको जरुरी रहेको पनि बताएका थिए । अन्तर्राष्ट्रिय समुदाय, अमेरिकाकै कतिपय बुद्धिजीवीले पनि डब्लुएचओसँग सम्बन्ध नतोड्न भनेका थिए । यद्यपी, ट्रम्प आफ्नो निर्णयबाट टसमस भएनन् ।

आगामी नोेभेम्बरमा हुने राष्ट्रपतिको निर्वाचनमा डेमोक्रेट पार्टीका उम्मेदवार रहेका बाइडेन पनि डब्लुएओसँगको सम्बन्ध तोड्ने नीतिप्रति असन्तुुष्ट रहेका छन् । उनले आफू राष्ट्रपति निर्वाचित भएमा पहिलो काम नै यही निर्णय उल्टाउने हुने बताएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्