भारतमा अर्को रेकर्डः २४ घण्टामा थपिए ८७ हजार कोरोना संक्रमित – Janadesh Daily | ePaper

भारतमा अर्को रेकर्डः २४ घण्टामा थपिए ८७ हजार कोरोना संक्रमित


एजेन्सी ।
भारतमा कोरोना संक्रमणदर भयावह देखिएको छ । लगातार चौथो दिन ८३ हजार भन्दा माथिको आँकडामा संक्रमित थपिएपछि भारत संसारमा सर्वाधिक संक्रमण दर भएको मुलुक बनेको हो ।

भारतमा गत चौबीस घण्टामा अहिलेसम्मकै सर्वाधिक दैनिक रेकर्ड बनाउँदै ८७ हजार भन्दा बढी संक्रमित थपिएका छन् । योसँगै भारतमा कोरोना संक्रमितिको संख्या ४० लाख ९१ हजार पुगेको छ ।


त्यस्तै गत चौबीस घण्टामा भारतमा १ हजार भन्दा बढी संक्रमितले ज्यान गुमाएका छन् भने र कुल मृत्यु हुनेको संख्या ६९ हजार पुगेको छ । भारतमा अहिलेसम्म कोरोना जित्नेको संख्या ३१ लाख ४ हजार भन्दा बढी छ ।

भारतमा उत्तर प्रदेश, झारखण्ड, छत्तिसगढ र ओडिशा राज्यहरूमा ह्वात्तै सङ्क्रमित बढेका हुन्। भारतको ‘हटस्पट’ भनिएको महाराष्ट्रमा सबैन्दा बढी सङ्क्रमित छन्।

 

भारतमा पर्याप्त मात्रामा परीक्षण हुन नसकेकोले कोरोनाभाइरस नियन्त्रणमा आउन नसकेको बताइन्छ। त्यहाँ प्रति १० लाखमा ३२,००० जनाको परीक्षण गरिएको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्