रुसले बनाएको कोरोना खोपको नतिजा सकारात्मक – Janadesh Daily | ePaper

रुसले बनाएको कोरोना खोपको नतिजा सकारात्मक


एजेन्सी ।
रुसले विकास गरेको कोरोनाविरुद्धको खोपले सकारात्मक नतिजा दिएको छ । ३८ जना स्वस्थ मानिससहित ४२ दिनसम्म गरिएको ट्रायलमा नतिजा राम्रो देखिएको मेडिकल जर्नल द लान्सेटले जनाएको छ ।

तर खोपलाई पूर्णरुपमा सफल र सुरक्षित मान्नका लागि अझ दीर्घकालीन परीक्षण आवश्यक रहेको उक्त जर्नलमा उल्लेख छ ।

रुसले बनाएको स्पुतनिक-फाइभ नामक खोप कोरोनाविरुद्ध विश्वमा बनेको पहिलो यस प्रकारको खोप हो । यद्यपि विश्व स्वास्थ्य संगठनले मान्यता दिइनसकेको यो खोपलाई अन्तर्राष्ट्रिय समुदायले पनि स्वीकार गरिसकेको छैन् ।

 


शुक्रबारमात्र विश्व स्वास्थ्य संगठनका प्रमुख बैज्ञानिक डाक्टर सौम्य स्वामिनाथनले कोरोनाविरुद्धको खोप २ हजार २१ को मध्यसम्म उपलब्ध हुने बताएका छन् ।

यसअघि रुसले नेपालमा खोप परीक्षणको चाहाना राखेको समाचार सार्वजनिक भएको थियो । खोप नेपालमा तेस्रो चरणको परीक्षण गर्ने प्रस्ताव रुसी राजदूतले राखेको नेपाल स्वास्थ्य अनुसन्धान परिषदले पुष्टि गरेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्