पछिल्लो चौविस घण्टामा थपिए २५५ जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या १६ हजार ४२३ – Janadesh Daily | ePaper

पछिल्लो चौविस घण्टामा थपिए २५५ जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या १६ हजार ४२३


काठमाडौँ । पछिल्लो चौविस घण्टामा देशभर थप २०४ जनामा कोरोना भाइरस(कोभिड-१९) संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका २५ वटा प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २५५जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा २५५ जनामा संक्रमण देखिएको बताए ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ।

देशभरका ४ जिल्ला तेह्रथुम, भोजपुर, सोलुखुम्बु र कर्णालीको हुम्ला जिल्ला कोरोना संक्रमण मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा थप २५३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ७ हजार ७५२ पुगेको छ।

देशभरका बिभिन्न अस्पतालका आइसोलेशनमा ८ हजार ६३६ जना उपचाररत छन् ।

त्यसैगरी कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

स्रोतः  नेपाली हेल्थ

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्