लागुऔषधसहित दुई युवक पक्राउ – Janadesh Daily | ePaper

लागुऔषधसहित दुई युवक पक्राउ


जलेश्वर,

होत्तरी प्रहरीले लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार भारतबाट अवैध रुपमा लागुऔषध बोकिआएका धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–६ बस्ने १८ वर्षीय पारस राई र १९ वर्षीय सुजीत सदालाई प्रहरीले गए राति जलेश्वर नगरपालिका–२ स्थित सडकमा पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले २२५ पिस नाइट्राभेट ट्याब्लेट बरामद गरेको छ भने उनीहरुमाथि लागुऔषध मुद्दा चलाएर आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।  रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्