नवनियुक्त आइजिपी थापालाई दर्ज्यानी चिन्ह प्रदान, आजै कार्यभार सम्हाले – Janadesh Daily | ePaper

नवनियुक्त आइजिपी थापालाई दर्ज्यानी चिन्ह प्रदान, आजै कार्यभार सम्हाले


जनादेश संवाददाता

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले गृह मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रमका बीच दर्ज्यानी चिन्ह लगाएका छन् ।गृह सचिव महेश्वर न्यौपानेले उनलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

आजै उनले कार्यभार पनि सम्हालेका छन् । २०४९ साल वैशाख १९ गतेदेखि प्रहरी सेवामा प्रवेश गरेका थापा क्षेत्रीले २०७९ साल वैशाख १९ गतेसम्मका लागि थापा क्षेत्रीले प्रहरीको नेतृत्व सम्हाल्ने छन्।

सरकारले मंगलबार अपरान्ह वरिष्ठताका आधारमा थापालाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । गृहको कार्यक्रम सकिएपछि उनलाई प्रहरी प्रधान कार्यालयमा स्वागत गर्न समारोह राखिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्