धेरै भाषामा संगीत गर्ने दाङका श्रेष्ठको गिनिज बुकमा नाम – Janadesh Daily | ePaper

धेरै भाषामा संगीत गर्ने दाङका श्रेष्ठको गिनिज बुकमा नाम


चन्द्र प्रकाश नेपाली

१२ भाषामा संगीत गरेको भन्दै दाङका सन्तोष श्रेष्ठले गिनीज बुकमा नाम लेखाउन सफल हुनुभएको छ ।

श्रेष्ठले नेपाली भाषासंगै हिन्दी, चाइनिज, जापानी, अंग्रेजी, रसियन, कोरियन, फ्रेन्च, स्पेन, इटालियन, जर्मन, थाई भाषाका गीतहरुमा संगीत गर्नुभएको छ ।

वल्र्ड रेकर्डमा नाम लेखाउने क्रममा श्रेष्ठले संगीत गरेका गीतहरुका बारेमा जानकारी गराइएको थियो ।

तिम्ले पराई ठानेपछि पराई हुन.., तिम्रो दिलमा चोट लाग्दा मेरो दिलमा दुख्छ जस्ता दर्जनौँ नेपाली गीतमा संगीत गर्नुभएका श्रेष्ठले अन्य ११ भाषामा पनि संगीत गर्नुभएको छ ।

संगीतकारको रुपमा चर्चामा रहनुभएका श्रेष्ठले संगीतकारका रुपमा बिश्व कीर्तिमानी प्रमाणपत्र प्राप्त हुदा निकै खुशी भएको प्रतिक्रिया दिनुभएको छ । श्रेष्ठले डा. डिआर उपाध्यायको शब्दमा १४ भाषामा गीत रेकर्डिङ गरिएको थियो ।

बिगत २० बर्षदेखि नेपाली गीत संगीत क्षेत्रमा सक्रिय सन्तोषले प्रमाण पत्र प्राप्त हुदा थप हौसला मिलेको बताउनुभएको छ । यसअघि दाङका चन्द्रबहादुर डाँगी बिश्वका होचो ब्यक्तिका रुपमा नाम लेखाउन सफल भएका थिए भने दाङकै ऋषिश्वर परियारले पनि हातले टेकेर हिड्ने कार्यमा नाम लेखाउन सफल हुनुभएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्