केबल अपरेटरहरुले लगाए भारतीय न्युज च्यानलमारोक – Janadesh Daily | ePaper

केबल अपरेटरहरुले लगाए भारतीय न्युज च्यानलमारोक


जनादेश संवाददाता

काठमाडौँ । नेपालमा प्रशारण हुने भारतीय न्युज च्यानलहरु केबल अपरेटर कम्पनीहरुले प्रशारणमा रोक लगाएका छन् ।

भारतीय न्युज च्यानलहरुमा अफवाह फैलाउने किसिमका समाचारहरु आउन थालेपछि केवल अपरेटरहरुले आन्तरिक छलफल गरेर बन्द गर्ने निर्णय गरेको म्याक्स डिजिटल टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताए ।

नेपालमा विदेशी च्यानल अनुमति लिएका केवल अपरेटरहरुले भारतीय न्युज च्यानलहरु बन्द गरेका हुन् ।डिसहोम,मेगा म्याक्स, डिएसएन, मेरो टिभीलगायतका अपरेटहरुले साम हिक रुपमा भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गर्ने निर्णय गरेका हुन् ।

म्याक्स टिभीका शर्माले अब सरकारले नेपालमा दर्ता नभएका र इन्टरनेटको माध्यमबाट आउने भिडियो कन्टेन्टहरुको मुहाननै बन्द गर्नका लागि सञ्चार मन्त्रालयसँग छलफल हुने बताए । 

भारतबाट प्रशारण हुने न्युज च्यानल बाहेक अन्य च्यानलहरुको प्रशारणमा रोक नलगाइएको शर्माले जानकारी दिए । पछिल्लो समयमा केही भारतीय न्युज च्यानलमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओ‌ली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर आपत्तिजनक समाचार सामग्री प्रशारण भएपछि यसको विरोध भइरहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्