कोरोनाको उपचारबारे भ्रम फैलाएको आरोपमा लिम्बू पक्राउ – Janadesh Daily | ePaper

कोरोनाको उपचारबारे भ्रम फैलाएको आरोपमा लिम्बू पक्राउ


चन्द्रप्रकाश नेपाली, घोराही ।

आफूलाई आयुर्वेदिक चिकित्सक भन्दै विभिन्न युट्युब च्यानलमा कोरोना भाइरस संक्रमण र उपचारबारे भ्रम फैलाएको आरोपमा प्रहरीले सुवास सुब्बा लिम्बूलाई पक्राउ गरेको छ ।

विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिने क्रममा कोरोना संक्रमणबाट मृत्यु भएकाको मिर्गौलालगायतका अंग झिकिने गरेको भन्दै भ्रम फैलाएको आरोपमा उनलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

लिम्बुले कोरोना निको हुने भन्दै विभिन्न झारपात तथा वनस्पतिसमेत बेच्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।प्राकृतिक चिकित्सक बताउने लिम्बुलाई ललितपुरको ढोलाहिटीमा रहेको आयुर्वेद क्लिनिकबाट पक्राउ गरेको हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्