१ करोड ९५ लाख ७० हजार भन्दा बढीले जिते कोरोना
एजेन्सी ।
विश्व महामारी बनेको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड ७४ लाख ७७ हजार भन्दा बढी पुगेको छ । गत चौबीस घण्टामा संसारमा १ लाख ९४ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।
त्यस्तै चौबीस घण्टामा थप ३ हजार ६ सय ८५ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । संसारमा अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ लाख ९६ हजार भन्दा बढी पुगेको वर्ल्डोमिटरको तथ्याङ्कले देखाएको छ ।
कुन देशमा कति ?
संसारमा अहिलेसम्म सर्वाधिक संक्रमित रहेको अमेरिकामा चौबीस घण्टामा २५ हजार भन्दा बढी संक्रमित थपिएर ६४ लाख ८५ हजार भन्दा बढी संक्रमित पुगेका छन् ।
त्यहाँ मृत्यु हुनेको संख्या १ लाख ९३ हजार ५ सय भन्दा बढी पुगेको छ । सोमबार मात्र त्यहाँ २ सय ८६ भन्दा बढीले ज्यान गुमाएका छन् ।
संसारमै सर्वाधिक संक्रमितको दोश्रो स्थानमा रहेको भारतमा कुल संक्रमितको संख्या ४२ लाख ७७ हजार भन्दा बढी पुगेको छ ।
त्यहाँ गत चौबीस घण्टामा ७५ हजार भन्दा बढी संक्रमित थपिएका छन् । जुन् एकदिनमा भेटिने संक्रमितको गत एक साताको सबैभन्दा कम संख्या हो । सोमबारसम्म
भारतमा लगातार ६ दिन रेकर्ड संख्यामा संक्रमित भेटिएका छन् ।
संसारमै सर्वाधिक संक्रमित हुनेको तेश्रो स्थानमा रहेको ब्राजिलमा ४१ लाख ४७ हजार भन्दा बढी संक्रमित पुगेका छन् । त्यहाँ चौबीस घण्टामा १० हजार भन्दा बढी संक्रमित थपिएका छन् ।
संसारमा कोरोना निको हुनेको संख्या १ करोड ९५ लाख ७० हजार भन्दा बढी छ । अहिले संसारमा ७० लाख ९ हजार सक्रिय संक्रमित छन् ।