भद्रकाली मैदानमा अब अन्तर्राष्ट्रिय फुटबलको पनि अभ्यास हुने – Janadesh Daily | ePaper

भद्रकाली मैदानमा अब अन्तर्राष्ट्रिय फुटबलको पनि अभ्यास हुने


काठमाडौँ  । नेपाली सेनाको मुख्यालय भद्रकालीमा रहेको  मैदान अब अन्तर्राष्ट्रिय फुटबलको अभ्यासस्थलका रूपमा प्रयोग गर्न सकिने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले त्यस मैदानमा खेलाडीका लागि दुई र रेफ्रीका लागि एक ड्रेसिङ रुम निर्माण गरिदिएको हो ।

यी ड्रेसिङ रुम अन्तर्राष्ट्रिय मापदण्डअनुसारका छन् । एन्फाले शुक्रबार आयोजित कार्यक्रममा सेनासँग उक्त मैदान प्रयोगबारे सम्झौता पनि गरेको छ । सम्झौतापत्रमा प्रधान सेनापति पूर्णचन्द्र थापा र एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले हस्ताक्षर गरेका छन् । नेपाली राष्ट्रिय टिमले पनि अब त्यस मैदानमा प्रशिक्षण गर्न सक्नेछ ।

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को कार्यक्रमअन्तर्गत नेपालमा विश्वकप र एसिया कपका छनोट खेल हुन बाँकी छन् । त्यसका लागि विदेशी टिम आउँदा अब तिनले भद्रकाली मैदानमा अभ्यास गर्न सक्नेछन् । १५ लाख खर्चेर तीन ड्रेसिङ रुम बनाएको एन्फाले तिनको रेखदेख पनि आफैं गर्नेछ ।

स्रोतः कान्तिपुर दैनिक

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्