सामान्यले स्वास्थ्यलाई भन्यो, ‘अस्थायी करारमा कर्मचारी लिनै परे हामीलाई जानकारी गराउनु’ – Janadesh Daily | ePaper

सामान्यले स्वास्थ्यलाई भन्यो, ‘अस्थायी करारमा कर्मचारी लिनै परे हामीलाई जानकारी गराउनु’


जनादेश संवाददाता

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अस्थायी, करार, र ज्यालादारीमा कर्मचारी भर्ना नगर्ने नीति लिएको भन्दै अति आवश्यक परेमा आफ्नो स्वीकृति पछि मात्रै सो कार्य गर्न स्वास्थ्य मन्त्रालय र त्यसमातहतका निकायलाई निर्देशन दिएको छ ।

सामान्यको निर्देशन पछि स्वास्थ्यले आफ्ना मातहतका निकायलाई सोही अनुसार गर्न गराउन निर्देशन दिएको छ ।

बढी जसो प्राविधिक कर्मचारी हुने  स्वास्थ्य मन्त्रालय र त्यसअन्तरगर्तका निकायमा  धेरै पदहरुमा अस्थायी, करार र ज्यालादारीका कर्मचारीहरुले धानेका छन् ।

सामान्यले आर्थिक बर्ष  २०७७/७८ को बजेट बक्तव्य अनुसार सार्वजनिक खर्च पुनरावलोकन आयोग, २०७५ को प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने र कोभिड-१९ पछि देशको आर्थिक अवस्थालाई मध्येनजर गर्दै फजुल खर्च समेत कटौती गर्नुपर्ने बाध्यता भएको भन्दै यस्तो निर्देशन दिएको हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्