कोरोना प्रतिरोध सम्मान समारोहमा चीनका राष्ट्रपतिले के भने (सम्बोधनको पूर्णपाठ) – Janadesh Daily | ePaper

कोरोना प्रतिरोध सम्मान समारोहमा चीनका राष्ट्रपतिले के भने (सम्बोधनको पूर्णपाठ)


जनादेश, काठमाडौं ।
चीनका राष्ट्रपति सी चिन फिङले कोरोना प्रतिरोधी अभियानका योद्धाहरुलाई सम्मान गरेका छन् । मंगलबार बेइजिङको ग्रेट हल अफ पिपलमा सीले कोरोना नियन्त्रणमा योगदान गरी राष्ट्रिय पदकका लागि मनोनित भएका व्यक्तिहरूलाई पदक प्रदान गरेका हुन् । समारोहमा राष्ट्रपति सीले महत्त्वपूर्ण सम्बोधन पनि गरे ।

चीनले सधैं नै जनता र ज्यानलाई पहिलो स्थानमा राखेर कोरोना भाइरसविरूद्धको युद्धमा लागिरहेको बताउँदै सीले महामारीको सामना गर्न चीनले विश्वका विभिन्न मुलुकसँग गरेको सहकार्यको पनि चर्चा गरे ।

महामारी सुरु भए यता चीनले धेरै मुलुकहरू र अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संगठनहरूसँग महामारीको रोकथाम तथा नियन्त्रणसम्बन्धी ७० पटकभन्दा बढी आदान-प्रदान कार्यक्रमको आयोजना गरेको छ भने ३२ वटा मुलुकमा ३४ वटा चिकित्सा विशेषज्ञ टोली पठाएको थियो ।

यो अवधिमा चीनले १५० वटा मुलुक र ४ वटा अन्तर्राष्ट्रिय संगठनलाई २८३ पटक सहायता दिएको छ भने २ सय भन्दा बढी मुलुक र क्षेत्रलाई महामारी सामग्री उपलब्ध र निर्यात गरेको छ ।

चीनले संसारमै सबैभन्दा द्रुत  र प्रभावकारीरुपमा कोरोना नियन्त्रण गरेर उदाहरण प्रस्तुत गरेको छ । चीनको अर्थतन्त्र पनि पुरानै लयमा फर्किने क्रममा छ ।

सम्बोधनमा सीले के भने त ? सम्बोधनको पूर्णपाठ

कमरेडहरू, मित्रहरू!
यो महामारी लडाइँमा चिनियाँ जनता र चिनियाँ राष्ट्रले जनताको जीवनलाई प्रथम स्थानमा राख्दै समस्त जनता एकताबद्ध हुने, व्यक्तिगत जीवन र मृत्युको वेवास्ता गर्ने, विज्ञानलाई सम्मानगर्ने र भाग्य सहअस्तित्वको भावना देखाएका छन्। जीवनलाई प्रथम स्थानमा राख्ने भावनाबाट चिनियाँ जनताले अरू धेरैलाई माया गर्ने र मद्दत दिने परम्परा र चिनियाँ कम्युनिष्टले जनतालाई केन्द्रको रूपमा राख्ने धारणा देखाइएको छ। समस्त जनता एकताबद्ध हुने भावनामा चिनियाँ जनताले कठिनाइको संयुक्त रूपमा सामना गर्ने एकिकृत शक्ति देखाएको छ।

व्यक्तिगत जीवन र मृत्युको वेवास्ता गर्ने भावनामा चिनियाँ जनताले सबै कठिनाइलाई पराजित गर्ने र कुनै पनि कठिनाइबाट हार नखाने धारणा देखाएको छ।विज्ञानलाई सम्मान गरेबाट चिनियाँ जनताले सत्यको खोजी र नयाँ सिर्जनाको व्यावहारिक चरित्रको अभिव्यक्ति दिएको छ। पहिले अज्ञात नयाँ संक्रामक रोगका सामु हामीले सधैँ वैज्ञानिक भावना र वैज्ञानिक धारणा लिएर निर्णय तथा आदेश, बिरामीको उपचार, प्राविधिक अनुसन्धान र सामाजिक प्रशासनको सम्पूर्ण प्रक्रियामा वैज्ञानिक नियमको पालना गर्दछौं।

भाग्यलाई साझा गर्नु या मान्नुले एक अर्कोलाई सहयोग गर्ने र शान्तिको कामना गर्ने चिनियाँ जनताको नैतिकता तथा जिम्मेवारी प्रतीक हुन्छ। हामीले “एक विश्व, एक परिवार” को अवधारणा अपनाउँदा चिनियाँ जनताको जीवन सुरक्षा र स्वास्थ्यकालागि जिम्मेवारी वहन गर्नु मात्र होइन विश्वव्यापी रूपमा सार्वजनिक स्वास्थ्य कार्यको पनि जिम्मेवारी वोध गरेका छौं।

हामीले नयाँ चीनको स्थापनादेखि नै सबैभन्दा बढी केन्द्रीत तथा फराकिलो आपत्कालीन मानवीय सहायता गर्दैआएका छौं। जसले विश्वव्यापी महामारीको रोकथाम र नियन्त्रणमा निरन्तर शक्ति दिँदै चीनको ठूलो मुलुकको छवि देखाएको छ। जसले मानव भाग्य समुदायको निर्माणलाई बढाउने जिम्मेवारी देखाएको छ। हामीले सम्पूर्ण समाजमा महामारीविरुद्ध भावना प्रचार गर्नु पर्दछ र यसलाई आधुनिक समाजवादी देशको निर्माण गर्ने र चिनियाँ राष्ट्रको महान पुनरुत्थानलाई साकार गर्ने शक्तिमा रूपान्तरण गर्नुपर्दछ।

महामारीविरूद्धको लडाइँमा हामीले महत्त्वपूर्ण अनुभव र ज्ञान प्राप्त गरेका छौं। महामारीविरूद्धको व्यवहारबाट फेरि प्रमाणित भएको छ कि आँधीबेहरी आउँदा चिनियाँ कम्युनिष्ट पार्टीको अत्यन्त कडा, बलियो नेतृत्व चिनियाँ जनताको सबैभन्दा भरपर्दो शक्ति रहेको छ। महामारीविरूद्धको व्यवहारबाट फेरि प्रमाणित भएको छ कि चिनियाँ जनताको दृढ इच्छाशक्ति भनेको अगाडि बाटोमा सबै कठिनाइ अवरोधलाई जित्ने शक्तिको स्रोत हो।

महामारीविरूद्धको व्यवहारबाट फेरि प्रमाणित भएको छ कि चिनियाँ विशेषतायुक्त समाजवादी परिपाटीको महत्त्वपूर्ण श्रेष्ठता जोखिम र चुनौतीको सामना गर्ने र राष्ट्रिय शासनको दक्षताको सुधार गर्ने आधारभूत प्रत्याभूति हुन्। महामारीविरूद्धको व्यवहारबाट फेरि प्रमाणित भएको छ कि जन गणतन्त्र चीनको स्थापनादेखि जम्मा भएको बलियो राष्ट्रिय शक्ति भनेको कठिनाइको सामना गर्ने गहिरो विश्वास हो।

महामारीविरूद्धको व्यवहारबाट फेरि प्रमाणित भएको छ कि समाजवादी केन्द्रीय मूल्य र उत्कृष्ट चिनियाँ परम्परागत संस्कृति जनताको इच्छा तथा शक्तिलाई जम्मा र एकताबद्ध पार्ने शक्ति हो। महामारीविरूद्धको व्यवहारबाट फेरि प्रमाणित भएको छ कि मानव भाग्य समुदाय निर्माण मानवजातिका साझा चुनौतीको सामना गर्ने र अझ समृद्ध र सुन्दर संसारको निर्माण गर्ने सही तरीका हो।

विवरण सौजन्यः चाइना अन्तर्राष्ट्रिय मिडिया ग्रुप

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्