बाढी पहिरोमा परि २२ जनाको मृत्यु, २४ वेपत्ता – Janadesh Daily | ePaper

बाढी पहिरोमा परि २२ जनाको मृत्यु, २४ वेपत्ता


जनादेश संवाददाता

लगातारको वर्षापछि आएको बाढी पहिरोले देशका विभिन्न स्थानमा जनधनको ठुलो क्षति गरेको छ । म्याग्दी, जाजरकोट, कास्की र लमजुङमा धेरै मानवीय क्षति भएको छ ।

विभिन्न जिल्लाहरुमा अविरल बर्षापछि आएको बाढी र पहिरोमा परि २३ जनाको मृत्युभएको छ भने कम्तिमा २४ जना वेपत्ता भएका छन् । जाजरकोटको बारेकोट गाउँपालिका ४ सार्कीगाउँमा पहिरोमा परि १२ जना बेपत्ता भएका छन् ।

पहिरोले सार्कीगाउँका २ घर बगाउँदा पाहुना बस्न आएका ४ सहित १२ बेपत्ता भएका हुन् । यसैगरी, रुकुम पश्चिममा अविरल वर्षासँगै पहिरो खस्दा एकै घरका दुई जनाको मृत्यु भएको छ ।

आठबिसकोट नगरपालिका ३ का २८ वर्षीया सीता दमाई र उहाँका ६ वर्षीय  छोरा हाविल परियारको मृत्युभएको प्रहरीले जनाएको छ । उता अविरल वर्षाका कारण म्याग्दीमा बाढी र पहिरोमा पुरिएर १० जनाको ज्यान गएको छ भने १२ जना बेपत्ता भएका छन् ।

मालिका गाउँपालिका–७ विममा ८ जना र धवलागिरी–७ ताकममा दुई जनाको ज्यान गएको छ भने धवलागिरी–६ मराङमा१२ जना बेपत्ता भएका छन् ।

यसैगरी, कास्कीमा पहिरोमा परि ७ जनाको मृत्युभएको छ भने ११ जना घाइते भएका छन् । उता पहिरोमा परी लमजुङमा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । यसैगरी, गुल्मीको कालिगण्डकी गाउँपालिका वडा नम्बर–४ का ६२ वर्षका यमबहादुर श्रीसको पहिरोमा पुरीएर मृत्युभएको छ ।

यसैविच अस्ती राती सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा बाढी र पहिरोमा बेपत्ताहरुको खोजी जारी छ । हराइरहेका २१ जनाकोस्काभेटर समेत प्रयोग गरि खोजी भैरहेको प्रहरीले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्