नदीहरुको बहाव बढेकाले सतर्कता अपाउन सुझाव – Janadesh Daily | ePaper

नदीहरुको बहाव बढेकाले सतर्कता अपाउन सुझाव


जनादेश संवाददाता

मौसम पूर्वानुमान महाशाखाले देशभरका नदीहरुमा पानीको बहाव बढेकाले सतर्क रहन आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले ठूला देखी सहायक नदीमा बहाव बढेको बताएको छ ।त्यस्तै केही नदीमा पानीको बहाव बढेर खतराको तहसम्म पुग्ने अनुमान छ ।

आज र भोलि बागमती, गण्डकी र प्रदेश ५ को मध्यपहाडी, चुरे र तराईबाट बग्ने साना नदीमा पनि आकस्मिक बहावको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यता दाङमा नदी तथा खोलाहरुमा पनि बहाब बढेको छ । राप्ती र बबईमा बहाव बढ्दा नदि आसपासका नागरिकहरु त्रसित भएका छन् । केही दिन भारी बर्षा हुने अनुमान भएकाले सबै नागरिकहरुलाई सतर्क रहन जिल्ला विपत व्यवस्थापन समिति दाङले आग्रह गरेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्