एजेन्सी ।
सन् २०१८ मा रसियामा भएको विश्वकप फाइनलमा फ्रान्स र क्रोएसियाले प्रतिस्पर्धा गरेका थिए । फाइनलमा क्रोएसियालाई ४–२ ले निराश पार्दै दोस्रोपटक फ्रान्स दोस्रोपटक विश्व च्याम्पियन बनेको थियो ।
यिनै दुई टोली मंगलबार राति युइएफए नेसन्स लिगको समूह ‘ए’ को ३ मा समूह चरणको दोस्रो खेलमा प्रतिस्पर्धा गर्दैछन् । खेल नेपाली समयअनुसार फ्रान्सको घरेलु मैदान पार्क डि प्रिन्सेसमा राति १२ः३० बजे हुने छ । यि दुई टोली दुई वर्षपछि अर्थात रसिया विश्वकपछि पहिलो पटक भिड्न लागेका हुन् ।
फ्रान्स विश्वकपकै नतिजा दोहोर्याउने दाउमा हुनेछ । तर, विश्वकप जित्दाका टोलीका स्टार फरवार्ड केलिएन एमबाप्पे टोलीमा रहेका छैनन् । उनलाई सोमबार साँझ मात्रै कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । पल पोग्बा पनि कोरोनाकै कारण टोलीमा छैनन् ।
यी दुईको अनुपस्थितिका बाबजुद फ्रान्ससँग स्टार खेलाडीहरुको बाहुल्यता छ । कप्तान ह्युगो लोरिसले फ्रान्सको गोलकिपिङ सम्हाल्नेछन् । एमबाप्पेको अनुपस्थितिमा ओलिभर जिरुउड र विसाम विन यडरले टोलीको अग्रपङ्ति सम्हाल्न सक्नेछ । एन्टोइन ग्रिजमन, एङगोलो कान्टे, लुकास डिग्ने, प्रेसनेल किमपेम्वे र राफयल भरान जस्ता खेलाडीको साथ फ्रान्सलाई छ ।
यता, पहिलो खेलमा पोर्चुगलसँग फराकिलो हार बेहोरेको क्रोएसिया फ्रान्सलाई पराजित गर्दै नेसन्स लिगमा पहिलो जितको खोजीमा हुनेछ । क्रोएसिया विश्वकपको हारको बदला लिने दाउमा समेत हुनेछ । नेसन्स लिगमा क्रोएसियाले कप्तान लुका मोड्रिच र इभान पेरिसिसजस्ता स्टार खेलाडीलाई विश्राम दिएको छ ।
एन्टी रेविच, माटियो कोभासिच, मारियो पासालिच र इभान पेरिसिस फ्रान्सविरुद्ध पहिलो रोजाईमा खेल्न सक्नेछ । यि दुई टोली हालसम्म दुई पटक प्रतिस्पर्धा हुदा एक खेल फ्रान्सले आफ्नो पक्षमा पार्दा एक मैत्रीपुर्ण खेल गोलरहित बराबरीमा टुंगिएको छ ।
फ्रान्स लगातार दोस्रो जितको खोजीमा रहँदा क्रोएसिया पहिलो जितको खोजीम हुनेछ । फ्रान्सले पहिलो खेलमा स्वीडेनलाई १–० ले हराउँदा क्रोएसियाले पोर्चुगललाई ४–१ ले नतिजा सुम्पिएको थियो ।