मिथिला क्षेत्रमा आजदेखि जितिया पर्व – Janadesh Daily | ePaper

मिथिला क्षेत्रमा आजदेखि जितिया पर्व


जनादेश, जनकपुर ।
मिथिला क्षेत्रमा मनाइने जितिया पर्व आजदेखि शुरु भएको छ । हिन्दू धर्ममा विवाहित नारीले पति तथा सन्तानको सुख, शान्ति र लामो आयुको कामना गर्दै मनाइने पवित्र धार्मिक विधि अनुसार आजदेखि सुरु भएको हो ।

जितिया पर्व हरेक वर्ष असोज कृष्णपक्ष सप्तमीदेखि नवमी तिथिसम्म मनाइने परम्परा रहेको छ ।

पर्वको पहिलो दिन सप्तमी तिथिमा ‘नहा, खा’ (नुहाएर खानु) विधिबाट पर्व शुरु भएको हो । व्रतालु नारीले नदी, पोखरी तथा जलासयमा स्नान गरी घिरौलाको पातमा पिना, तेल र सिन्दुर भगवान जितमाहनको पूजा गरेका छन् । पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन रहिआएको छ । जसलाई स्थानीय भाषामा ‘माछ मरुवा’ पनि भन्ने गरिन्छ ।

जितियाको दोस्रो दिन अष्ठमी तिथिमा व्रतालु २४ घण्टाको लामो निराहार उपवास बसेर भगवान जितमाहनको कथा सुन्ने गरिन्छ भने अन्तिम दिन नवमी तिथिमा पुनः नदी, पोखरी तथा जलासयमा स्नान गरी घरमा आएर चौका लगाई चिउरा, दही तथा सखरको प्रसाद अर्घ दिएर व्रत समाप्त भएको मानिन्छ ।

सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्वसमेत रहेको जानकारको भनाइ छ ।

यस वर्ष कोरोना भाइरसको जोखिम रहेका कारण जितियाका सार्वजनिक अनुष्ठान हुने छैनन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्