नेपाली गोर्खा सैनिकको ज्यान गयो – Janadesh Daily | ePaper

नेपाली गोर्खा सैनिकको ज्यान गयो


एजेन्सी ।

भारतको सीमा रक्षा गर्ने क्रममा फेरि एक जना नेपाली गोर्खा सैनिकको ज्यान गएको छ ।जम्मू–कश्मीरको लाइन अफ कन्ट्रोल क्षेत्र नजिक गएराति भएको गोलीबारीमा गोर्खा सैनिकको मृत्यु भएको हो ।

युद्धविराम उल्लंघन गर्दै गएराति एक बजेतिर पाकिस्तानतर्फबाट भएको गोलाबारीमा परेर जम्मू–कश्मीरको रजौरी जिल्लाको नोसेरा क्षेत्रमा हवलदार सम्बर गुरुङको मृत्यु भएको भारतीय सेनाले जनाएको छ ।

३६ वर्षीय गुरुङ गोरखाको आरुघाट गाउँपालिकाको मान्बुका बासिन्दा भएको खुलेको छ । एक महिनाभित्रै भारतीय सीमा सुरक्षाका लागि नेपालीले ज्यान गुमाएको यो दोस्रो घटना हो ।

यसअघि असार ८ गते जम्मू–कश्मीरको नोसेरा क्षेत्रमै गुल्मीका हवलदार दीपक कार्कीको मृत्यु भएको भएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्