नेसन्स लिग फुटबलमा रोनाल्डोको कीर्तिमान र पोर्चुगलको जित – Janadesh Daily | ePaper

नेसन्स लिग फुटबलमा रोनाल्डोको कीर्तिमान र पोर्चुगलको जित


एजेन्सी ।

राष्ट्रिय टोलीको कप्तानसमेत रहेका पोर्चुगिस स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले नेसन्स लिग फुटबलमा कीर्तिमान राख्दै टिमलाई जित दिलएका छन् ।

रोनाल्डोले राष्ट्रका लागि सय गोलको कीर्तिमान राख्दा उनको दुई गोलको सहयोगमा पोर्चुगलले स्विडेनलाई २ शून्य गोल अन्तरले हराएको हो ।

पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै पोर्चुगललाई अघि बढाएका रोनाल्डोले डिबक्स बाहिरबाट प्रहार गरेको फ्रीकिकले जाली चुमेको थियो । यो गोल नै रोनाल्डोका लागि राष्ट्रिय जर्सीमा सयौं गोल हुन पुग्यो । मंगलबार दुई गोलसँगै उनले राष्ट्रिय टिमबाट आफ्नो गोल संख्या १ सय १ पुर्याएका छन् ।
अन्तराष्ट्रिय फुटबलमा राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने खेलाडीको रुपमा भारतका सुनिल क्षेत्रीले ७२ र अर्जेन्टिनाका लियोनल मेस्सीले ७० गोल गरेका छन् ।
रोनाल्डोको कीर्तिमान गोलसहितको खेलमा जितसँगै पोर्चुगलले नेसन्स लिग फुटबलको उपाधि रक्षा गर्ने संकेत गरेको छ ।

र यो पनि- विश्वचर्चित फुटबल स्टार एम्बाप्पेलाई कोरोना

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्