प्रजातान्त्रिक नेता वीपीको स्मरण – Janadesh Daily | ePaper

प्रजातान्त्रिक नेता वीपीको स्मरण


आज वीपी जयन्ती । नेपालको इतिहासमा पहिलो जननिर्वाचित प्रधानमन्त्रीको जन्म दिन । वीपी आफैमा व्यक्ति, व्यक्तित्व र विचार तथा आन्दोला पनि हुन् । उनी प्रजातान्त्रिक समाजवादलाई आफ्नो आदर्श मान्ने सम्मानित व्यक्तित्व पनि हुन् । प्रजातान्त्रिक मूल्य र मान्यताका लागि उनले जीवनमा कहिल्यै पनि र कसैसँग पनि संझौता गरेनन् ।

राजनीतिक नेता हुनुका कारण राजनीतिक मूल्यमान्यतालाई पनि वीपीले सधैं ख्याल गरे । उनले प्रजातान्त्रिक विधि र प्रक्रियामा जहिल्यै पनि जोड दिइरहे । सर्वस्वसहित जन्म कैद पाएको परिवारले निकै दुःख पाउँदा पनि राजनीतिक उद्देश्यमा अटल रहे । फलतः उनले २००७ सालको प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरे र शाणा शासनको अन्त्य गर्नमा नेतृत्वदायी भूमिका निर्वाह गरे ।

२०१५ सालमा नेपाली कांग्रेसको दुईतिहाई बहुमतको सरकार आएपछि उनी प्रथम निर्वाचित प्रधानमन्त्री भए । तर त्यति बेला नेपालमा स्थापित प्रजातन्त्रका विरुद्धमा देशी र विदेशी तत्वहरु लागिपरिरहेका थिए । देशभित्र राजतन्त्र पुनस्र्थापनाका लागि र देशबाहिर वीपीको सरकार अपदस्त गर्नका लागि तिकडमहरु चलिरहेका थिए ।

राजा महेन्द्र राजकाजका सबै अधिकार आफ्नो हातमा ल्याउन चाहन्थे । उनलाई प्रजातन्त्रसँग कुनै मतलव पनि थिएन । प्रजातन्त्रलाई आफू र राजपरवार विरुद्धको राजनीतिक प्रणालीका रुपमा देख्न थालिसकेका थिए । तर वीपी भने संवैधानिक राजतन्त्रको पक्षमा थिए । त्यो भनेको संवैधानिक राजतन्त्रात्मक संसदीय व्यवस्थाको मोडल थियो ।

वीपी यसै व्यवस्थालाई सुदृढ गर्न लागिपरिरहेका थिए । तर राजा महेन्द्र सत्ता हातमा लिनका लागि उचित मौकाको ताकमा थिए । आन्तरिक रुपमा राजासँग पनि सम्बन्ध चिसिदै गैरहेको थियो । अर्कोतिर नेपाली कांग्रेसको दईतिहाईको सरकार स्थापना भएकाले कांग्रेसीहरु कोह िमन्त्री, कोही संसद, कोही राजदूत, कोही जीएम् त कोही अन्य राजनीतिक नियुक्ति लिनका लागि तछाडमछाड गरिरहेका थिए ।

कांग्रेसको दुईतिहाईको सरकार खानकै लागि मात्र हो भन्ने उनीहरुलाई लागेको थियो । खानका लागि यो अचम्मको प्रतिस्पर्धा देखेपछि वीपी निकै झस्किएका थिए । उनले कांग्रेस कसरी संकटमा पर्दै छ भन्ने देखिसकेका थिए । नेता तथा कार्यकर्तालाई उनले भन्ने गर्दथे– ‘कांग्रेस ‘ब्रेडले होइन, ब्रेनले बाँच्नु’पर्छ । तर कांग्रेसजनका लागि यो मजाकको विषय बन्न पुग्यो । ‘

उता भारतका तात्कालिन प्रधानमन्त्री जवाहरलाल नेहरु वीपीदेखि भित्रभित्रै जलिरहेका थिए । यसको कारण थियो तात्कालीन समाजवादी देश रुससहित विश्व साजवादी फेडेरेशनको महासचिवमा वीपीको चयन । वीपी नेहरुका पनि नेता बनिसकेका थिए । यो भारतजस्तो साम्राज्यमा शासन गरिरहेका नेहरुका लागि असैह्य विषय थियो । नेहरु वीपीसँग जुनकुनै बेला पनि बदला लिने दाउँमा थिए ।

यस्तो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश निर्माण भैरहेका बखत २०१७ साल पौषमा राजा महेन्द्रले सैनिक कु गरी सत्ता हत्याए । राजनिितक दलमाथि प्रतिबन्ध जारी भयो । यसमा नेहरुको अप्रत्यक्ष समर्थन थियो । त्यो नै नेपालका लागि अन्तर्राष्ट्रिय समर्थन बन्न पुगेको थियो । उता उनका सौतेला दाजु मातृकाप्रसाद कोइराला वीपीको अवनतिका लागि हात धोएर लागिपरेका थिए । उनले पनि राजा महेन्द्रको ‘कु’मा ठूलै सहयोग गरे ।

वीपीको जीवन राजनीतिक मात्र छैन । उनी कुशल स्वच्छन्दतावादी साहित्यकार पनि हुन । उनका नरेन्द्र दाइ, मोदी आइन्, तीन घुम्ती जस्ता साहित्यिक कृतिहरु आज पनि निकै पठनीय रहेका छन । दोषि चस्माजस्ता निवन्ध आज पनि उत्तिकै सार्थक र चित्ताकर्षक छन् । निरन्तर राजनीतिक संघर्षमा बितेका उनका दिन आज पनि हरेक नेपालीका लागि प्रेरणादायी बनिरहेका छन ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्