जनादेश, काठमाडौं ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा प्रा.डा दिनेश काफ्ले नियुक्त भएका छन् ।
त्रिभुवन विश्व विद्यालयले चिकित्साशास्त्र अध्ययन् संस्थानका डीन प्रा.डा दीव्यासिंह शाहको संयोजकत्वमा प्रा.डा घनश्याम गुरुङ र प्रा.डा रामचन्द्र अधिकारी सदस्य रहेको तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो । सोही समितिको सिफारिसमा त्रिविका उपकुलपति प्रा.डा धर्मकान्त बास्कोटाले डा.काफ्लेलाई ४ बर्षका लागि कार्यकारी निर्देशक पदमा नियुक्त गरेका हुन् ।