नेपालमा फेरि सलह आउने सम्भावना – Janadesh Daily | ePaper

नेपालमा फेरि सलह आउने सम्भावना


एजेन्सी ।

भारतको राजस्थानबाट उत्तरपूर्व हावा बहन थालेपछि त्यहाँ रहेका सलहका ठूला झुन्डहरु नेपाल प्रवेश गर्न सक्ने प्रबल सम्भावना रहेको सलह सूचना केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख एवं कीट विज्ञ रामकृष्ण सुवेदीले राजस्थानबाट पश्चिम दक्षिणबाट बहिरहेको हावा उत्तरपूर्व बहन थालेपछि त्यहाँ रहेका सलहका ठूला झुन्डहरु नेपाल प्रवेश गर्ने सम्भावना धेरै रहेको बताउनुभएको हो ।

सलह अध्ययन गर्न गठित प्राविधिक कार्यदलका सदस्य एवं कीट विज्ञ सुनिल अर्यालले राजस्थानको सिकर आसपासका क्षेत्रमा करिब ४ सय हेक्टर क्षेत्रफलमा फैलिएका ५ वटा झुण्डहरु पूर्व र उत्तरतर्फ अगाडि बढ्न सक्ने पूर्वानुमान गरिएको बताउनुभयो ।

नेपालमा कस्तो खालको सलहको झुन्ड आउँछ भन्ने कुरा भारतमा सलह नियन्त्रणका लागि गरिने प्रयासमा निर्भर हुने सलह सूचना केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख सुवेदीले नेपालमा प्रवेश गर्ने झुन्डलाई हावा,पानी र बादलमा भर पर्ने बताउनुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्