घोराहीका जनप्रतिनिधीले १५ लाख २० हजार रुपैयाँ प्रकोप कोषमादिए – Janadesh Daily | ePaper

घोराहीका जनप्रतिनिधीले १५ लाख २० हजार रुपैयाँ प्रकोप कोषमादिए


चन्द्रप्रकाश नेपाली

घोराही । घोराही उपमहानगरपालिकाका जनप्रतिनिधीहरुले १५ लाख २० हजार रुपैयाँ नगरको प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेका छन् । नगर कार्यपालिकाको ८६ औँ बैठकले जनप्रतिनिधीहरुको एक महिनाको सेवा सुविधा बापतको १५ लाख २० हजार रुपैयाँ प्रकोप व्यस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरुले एक महिनाको सेवा सुविधाको रकम कोषमा जम्मा गर्ने निर्णय गरेको प्रबक्ता भरत अर्यालले जानकारी दिनुभएको छ ।

प्रदेश सरकारले पारित गरेको स्थानिय तहका पदाधिकारी र सदस्यहरुले पाउने सुविधा सम्बन्धि ऐन २०७६ बमोजिम पाउने सुविधाको एक महिनाको रकम १५ लाख २० हजार जम्मा गर्ने निर्णय भएको हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्