जनादेश, काठमाडौं ।
वुहान सहरबाट सुरु भएको कोरोना भइरसको प्रकोपलाई चीनले पूर्णतः नियन्त्रण गर्न सफल भएको छ । विश्वका अन्य मुलुकमा महामारी बढिरहँदा चीनले आफ्नो सारा शक्ति लगाएर कोरोनाविरुद्धको युद्ध जितेको घोषणा गरिसकेको छ ।
भाइरसको महामारीका ५० दिनसम्ममा चीनले उठाएका र अपनाएका अहम निर्णय तथा कदमहरुका कारण देशमा ७ लाख भन्दा धेरै मानिसहरु जोगिएको शोधकर्ताहरुले बताएका छन् ।
शोधकर्ताहरुले चीनद्वारा भाइरसलाई नियन्त्रित गर्नका लागि अपनाइएका उपायहरुकै कारण भाइरस वुहानबाट अन्य शहरहरुमा फैलिन धेरै समय लागेको र देश पूरा लकडाउन गरेकै कारणले ७ लाख भन्दा धेरै मानिसहरुलाई भाइरसको शिकार हुनबाट रोकेको बताउँछन् ।
कोरोना नियन्त्रणमा योगदान गरी राष्ट्रिय पदकका लागि मनोनित भएका व्यक्तिहरूलाई चिनियाँ राष्ट्रपति सी चिन फिङले गत मंगलबार बेइजिङको ग्रेट हल अफ पिपलमा पदक प्रदान गरे । समारोहमा राष्ट्रपति सीले महत्त्वपूर्ण सम्बोधन पनि गरे । सो सम्बोधनमा चीनले कोरोनाविरुद्धको युद्ध कसरी जित्यो भनेर महत्वपूर्ण भनाई राखेका छन् ।
कोरोना विरुद्धको युद्धमा राष्ट्रपति सीले सबै श्रेय नागरिकलाई दिएका छन् । खासमा चीनले कोरोना जित्न के के गर्यो त ?
राष्ट्रपति सीका भनाईसहितको यो भिडियोले धेरै कुराको जवाफ दिन्छ