दुई लेखापढी व्यवसायी पक्राउ – Janadesh Daily | ePaper

दुई लेखापढी व्यवसायी पक्राउ


वीरेन्द्रनगर ।


सुर्खेतको मालपोत कार्यालय परिसरमा भीड गराउने दुई लेखापढी व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । अत्यधिक भीड हुने कार्यालयमा जिल्ला प्रशासन कार्यालयले टोकन प्रणाली लागू गरेर सेवा दिन निर्देशन दिए पनि सेवाग्राहीलाई भीड गराउने लेखापढी व्यवसायीलाई आज पक्राउ गरिएको हो ।

कोरोना भाइरसबाट बच्न आवश्यक स्वास्थ्य तथा सुरक्षाका मापदण्ड नअपनाएर कार्यालय परिसरमा बसेर सेवाग्राहीको भीड गरेकाले उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताउनुभयो ।

पक्राउ परेका लेखापढी व्यवसायीको नाम भने प्रहरीले खुलाएको छैन । मालपोत कार्यालय परिसरमा बसेका लेखापढी व्यवसायीहरूलाई मालपोत कार्यालयको पश्चिमतर्फको क्षेत्रमा व्यवस्थापन गरिएको थियो तर त्यहाँ बस्न अटेरी गरेर मालपोत कार्यालय परिसरमा आएर सेवाग्राहीलाई भीड गरेकाले उनीहरुलाई पक्राउ गरिएको प
प्रहरी उपरीक्षक भट्टले जानकारी दिनुभयो ।

पक्राउ परेका व्यक्तिलाई सङ्क्रामक रोग ऐन, २०२० अनुसार कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय सुर्खेतमा पठाइने भट्टले बताउनुभयो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्