परीक्षा २९ असारबाट, २५ गते सूचना निकालेर दुइ हप्ता क्वारेन्टाइन बस्न निर्देशन – Janadesh Daily | ePaper

परीक्षा २९ असारबाट, २५ गते सूचना निकालेर दुइ हप्ता क्वारेन्टाइन बस्न निर्देशन


प्रशान्त वली

काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानले २९ असारदेखि तोकिएको परीक्षाको तिन दिन अघि सुचना निकालेर दुइ हप्ता क्वारेन्टाइन बसेर मात्रै परीक्षामा दिन आउन भन्दै सूचना जारी गरेको छ ।

संस्थान परीक्षा नियन्त्रण महाशाखाले २५ असारमा सूचना जारी गरेको छ, जबकी परीक्षा २९ असारदेखि तोकिएको छ । सूचनामा भनिएको छ, ‘उपत्यका प्रवेश गरीसकेपछि अनिवार्य रुपमा घरमा वा चिकित्साशास्त्र अध्ययन संस्थानले व्यवस्था गरेको होटेलमा बस्नुपर्नेछ । परीक्षा हुनुभन्दा एक हप्ता भित्र अनिवार्य पिसीआर जाँच गराएको हुनुपर्छ ।’

काठमाडौं उपत्यका प्रवेश गर्न र पिजी अन्तिम वर्षको परीक्षामा सम्मीलीत हुने विद्यार्थीलाई परीक्षा सुरु हुनुभन्दा तिनदिन अघि निर्देशन दिएपछि परीक्षामा संलग्न हुनुपर्ने विद्यार्थीहरु अलमलमा परेका छन् ।

स्रोतः राजधानी दैनिक

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्