सातामा ५ अर्बको कारोबार सेयर बजारमा उत्साह – Janadesh Daily | ePaper

सातामा ५ अर्बको कारोबार सेयर बजारमा उत्साह


जनादेश संवाददाता

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार रकम र परिसूचक दुवैमा उल्लेख्य सुधार आएको छ । लगानीकर्ता सक्रिय हुँदा ५ अर्ब बढीको कारोबार भएको बजारमा नेप्से परिसूचक पनि पहिलो दिनको तुलनामा ६५ दशमलव ६५ अंकले बढेर एक हजार ३ सय ३१ दशमलव ११ को बिन्दुमा पुगेको छ ।

१ सय ९७ कम्पनीको कारोबार भएको बजारमा ५ अर्ब १६ करोड २ लाख ६ हजार १ सय ६४ रुपैयाँबराबरका १ करोड ३६ लाख २६ हजार २ सय ५३ कित्ता सेयर खरिद बिक्री भएका छन् । गत साता १ सय ६६ कम्पनीको १ अर्ब ५९ करोड ६५ लाख रुपैयाँभन्दा बढीको ४० लाख ९६ हजार ६ सय २ कित्ता सेयर खरिद बिक्री भएको छ । साताको अन्त्यसम्म आइपुग्दा बजार पुँजीकरण १७ खर्ब ४६ अर्ब ३५ करोड ७७ लाख ३० हजार पुगेको छ ।

कोरोना भाइरसको प्रभावकै बीचमा पनि सेयर कारोबारमा लगानीकर्ता कारोबारमा सक्रिय भएका छन् । वित्तीय प्रणालीमा पर्याप्त मात्रामा तरलता रहेको कारण पनि बजारका सकारात्मक प्रभाव गरेको लगानीकर्ताको बुझाइ छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्