पूर्वसभामुख महाराको पहलमा बिट्टुका आमाछोरीको उद्दार – Janadesh Daily | ePaper

पूर्वसभामुख महाराको पहलमा बिट्टुका आमाछोरीको उद्दार


जनादेश, रोल्पा । पूर्व सभामुख कृष्णबहादुर महाराको बिशेष पहलमा रोल्पा त्रिवेणी गाउँपालिकाको ५ जगरकोटकी बिट्टु बिकको उद्दार भएको छ ।

IMG_20200911_161404_1मानसिक सन्तुलन गुमाई केहि समय यता रोल्पा जुँगार,त्रिवेणी,तिला र नुवागाँउका सडक र गल्लीहरुमा दुधे बालकलाई च्यापेर अर्धचेत अवस्थामा हिडिरहने बिट्टुको ।

नेपालगंज केन्द्रीय कार्यालय रहेको नीलसागर सेवाश्रमले उद्दार गरेको पूर्व सभामुख तथा दाङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराले बताएका छन् ।

IMG_20200911_160733पूर्व सभामुख महराले आफ्नो जन्म स्थान रोल्पामा यसरी दुधे वालकलाई काखी च्यापेर मानसिक सन्तुलन गुमाएकी महिला बेबारिसे अवस्थामा हिडिरहेको समाचार पढेपछि आफुलाई निकै दुख लागेकाले आफु तत्काल उद्दारमा जुटेको बताए ।

समाचारमा आए जस्तै बिट्टु बिक पूर्व माओवादी कलाकार र जनमुक्ति सेना भए नभएको तथ्य पत्ता नलागेपनि मानवीयताका हिसावले आफुले तत्काल उद्दारका लागि पहल गरेको महराको भनाइ थियो ।

IMG_20200911_160752बिट्टुको बारेमा इन्द्रेणी अनलाइनमा समाचार प्रकाशन भएपछी राजधानी लगायतका बिभिन्न स्थानबाट उनलाई उद्दार गर्न पहल भएपनि मानसिक सन्तुलन गुमाएकी बिट्टुको पालनपोषण उपचार गर्नुका साथै उनको दुधेबालकको समेत पालण पोषण र पठनपाठन समेत नीलसागरले गर्ने भएपछी बिट्टुका लागि नीलसागरनै उपयुक्त स्थान देखिएकाले त्यहाँ पठाउनु परेको पूर्व सभामुख महराले बताए ।

त्यस्तै नेपालगंजमा केन्द्रीय कार्यालय स्थापना गरि विभिन्न स्थानमा शाखाहरु विस्तार गरेर मानव सेवामा लागेको नीलसागर सेवाश्रमले बिट्टुको स्वास्थ्य उपचारका साथै उनि र उनको छोरीको पालनपोषण गर्ने संस्थाका केन्द्रीय अध्यक्ष सरिता खनालले बताइन ।

bittubk

विभिन्न कारणले मानसिक सन्तुलन गुमाएर मानिसहरुलाई सेवा गर्ने उद्देश्यले संचालन गरिएको सेवाश्रममा हाल २५० जना यस्तै बिरामी भएपनि पूर्व सभामुख महराले बिशेष अनुरोध गरेपछि आफूहरुले बिट्टु बिक र उनकी छोरीलाई आश्रममा राख्न राजि भएको उनको उनको भनाई रहेको थियो ।

119057899_607952529896470_9156709450460083366_n

मानव सेवाकालागि झन्डै ४ बर्ष अगाडि स्थापना गरिएको सेवाश्रमका हाल दाङ, नेपालगंज, कोहलपुर, बर्दियाको मधुबन र गुलरिया गरि पाँच वटा आश्रमहरु रहेका छन् भने निकट भविष्यमै पाल्पामा पनि आश्रम संचालनमा आउन लागेको अध्यक्ष खनालको भनाइ रहेको थियो ।

पूर्वसभामुख महरा सरले अभिभावकरुपमा रुपमा सिफारिसमा हस्ताक्षर गरेर निलसागर मानवसोव आश्रमलाई हस्तान्तरण गर्नुभएको छ । आमाको उपचार र छोरीको पालनपोषणको जिम्मा अब सम्पूर्णरुपमा आश्रमको हुनेछ ।

Source: https://www.indrenionline.com/2020/09/57270

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्