पिएसजीका स्टार नेयमारले जिते कोरोना – Janadesh Daily | ePaper

पिएसजीका स्टार नेयमारले जिते कोरोना


एजेन्सी ।
फ्रान्सेली फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार खेलाडी नेयमार जुनियर कोरोना भाईरस संक्रमणबाट मुक्त भएका छन् ।

शुक्रबार ट्वीटरबाट नेयमारले आफु कोरोना मुक्त भएको जानकारी दिएका हुन् । ब्राजिलियन स्टार नेयमारले नेयमारले कोरोना मुक्त भएर आफु टिमको प्रशिक्षणमा फर्किएको समेत जानकारी दिएका छन् ।

नेयमारसहित पीएसजीका तीन खेलाडीलाई एक साता अघि कोरोना भाईरसको संक्रमण देखिएको थियो । फरवार्ड नेयमार सहित एन्जल डी मारिया र लियोनार्दो परेडेसलाई कोरोना भाईरसको संक्रमण देखिएको थियो ।

यस्तै पछिल्लो पटक पीएसजीका अर्का स्टार केलियन एमबाप्पेलाई समेत कोरोनाको संक्रमण देखिएको छ । विश्वका चर्चित फुटबलहरु पनि कोरोनाको शिकार भैरहँदा केही दिन अघि मात्र फ्रान्सेली स्टार एम्बाप्पे संक्रमित हुन पुगेका थिए ।

यो पनि पढ्नुस् –

विश्वचर्चित फुटबल स्टार एम्बाप्पेलाई कोरोना 

बार्सिलोनाको टाउको दुखाईः मेस्सीपछि अब स्वारेजको पालो

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्