नेपाल राष्ट्र बैंकको निर्देशनः शनिबार पनि बैंकका शाखा खुल्ने – Janadesh Daily | ePaper

नेपाल राष्ट्र बैंकको निर्देशनः शनिबार पनि बैंकका शाखा खुल्ने


जनादेश संवाददाता

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबार पनि बैंक तथा वित्तीय संस्थाको शाखा खोली कारोबार गर्न निर्देशन दिएको छ ।

बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालका अनुसार नेपाल सरकारको राजश्व बुझ्ने प्रयोजनका लागि यही असार २७ गते र सो पछिका जुनसुकै सार्वजनिक बिदाका दिनमा समेत बैंक तथा वित्तीय संस्थाको शाखा खोल्न निर्देशन दिइएको छ ।

राजश्व सङ्कलन गर्ने शाखा तथा काउण्टर एवं बैंकका क्लियरिङसम्बन्धी कार्य गर्ने काउन्टरलगायत नेपाल क्लियरिङ हाउस पूर्णकालीन रुपमा खुला गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

चालु आव सकिन केही दिन बाँकी रहेकाले राजश्व जम्मा गर्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाको शाखा अनिवार्य रुपमा खोल्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्