भारतीय च्यानलले माफी माग्यो – Janadesh Daily | ePaper

भारतीय च्यानलले माफी माग्यो


एजेन्सी। । भारतीय टेलिभिजन जी न्युजले मार्फी मागेको छ ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागी चिनियाँ राजदुत यान्छीलाई जोडेर प्रशारित न्युजलाई लिएर माफी मागेको हो ।

‘ओलीकी इस्किया’ नामक कार्यक्रममार्फत ओली र यान्छीको चरित्रहत्या गर्नेगरी समाचार प्रसारित भएपछि नेपालमा चर्को विरोध मात्रै भएन नेपालको मल्टी सिष्टम अपरेटरले विहीबार भारतीय समाचार च्यानलहरुमा प्रतिबन्ध समेत लगायो ।

भारतमै पनि उक्त काल्पनिक प्रचार सामाग्रीका बारेमा बिवाद भएपछि भारतीय च्यानल जी न्युज विहारले माफी मागेको छ ।

जीन्यूज झारखण्डले भनेको छ, ‘एउटा जिम्मेवार च्यानल भएको नाताले हामी आफ्नो सामग्रीलाई लिएर सदैव सजग रहन्छौं । तर भुलवस केही सामग्रीले कसैको भावनामा ठेस पुगेमा हामी गल्ति स्वीकार पनि गर्छौं । हाम्रो च्यानलबाट ‘ओलीका इश्किया’ शिर्षकमा प्रशारित सामग्रीले नेपालका जनताको भावनामा चोट पुगेकोमा हामी दुख व्यक्त गर्न चाहन्छौं । हामीलाई नेपाली दर्शकको माया प्राप्त भइरहने विश्वास छ ।’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्