एजेन्सी ।
रियल म्याड्रिडका करिम बेन्जेमा खेल जीवनको उत्कृष्ट समय बिताइरहेका छन् । दशक लामो यात्रामा फ्रान्सेली फरवार्डले रियलमा थुप्रै कीर्तिमान बनाइसकेका छन् । प्रशिक्षक जिनेदिन जिदानका विश्वासिला खेलाडीले खेल जीवनको अन्त्यको घोषणा गर्नु अघि सम्भावित कोसेढुंगा पार गर्नेछन् ।
रियलमा सर्वाधिक खेल
रियलका लागि सर्वाधिक खेल खेल्ने विदेशी खेलाडीको दौडमा बेन्जेमा पनि रहेका छन् । रियलबाट मिचेलले ५ सय ५९ खेल खेलेका छन् । त्यस्तै रोर्बेटो कार्लोसले ५ सय २७ खेल खलेका थिए । त्यस्तै बेन्जेमाले ५ सय १३ र मार्सेलोले ५ सय ९ खेल खेलेका थिए ।
सर्वाधिक गोलमा पाँचौ स्थान
रियलको सर्वाधिक गोल गर्ने सुची बेन्जेमा पाँचौ स्थानमा रहेका छन् । उनले फेरिन पुस्कास र हुगो सान्चेजलाई पछाडि पारेका थिए । सर्वाधिक गोलकर्ताको चौथो नम्बरमा सान्टिलाना छन् । उनले २ सय ९० गोल गरेका थिए । बेन्जेमा भन्दा उनी ४१ गोलले अगाडि छन् ।
च्याम्पियन्स लिग
च्याम्पियन्स लिगमा अर्को ७ गोल गर्दा उनले रियलका पूर्व कप्तान राउललाई उछिन्नेछन् । च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्तामा क्रिस्टियानो रोनाल्डो (१३०), लियोन मेस्सी (११५) छन् । तेस्रो स्थानमा राउल(७१), चौथो स्थानमा रोर्बेटो लेवान्डोस्की (६८) र पाँचौं स्थामा बेन्जेमा (६५) छन् ।
पाँच च्याम्पियन्स लिग उपाधि
पेको जेन्टोले इतिहासमा छ वटा युरोपियन कप जितेका छन् । बेन्जेमासहित क्रिस्टियोना रोनाल्डो, पाउलो माल्दिनी, अलेकसान्दो कोकाकोस्र्टा, अल्र्फेडो डि स्टेफाने, रिएल, जारागा, मार्को अलन्सो, लेस्मेस र जुनिटो ओलन्सोले पाँच वटा च्याम्पियन्स लिग उपाधि जितेका छन् । त्यस्तै मार्सेलो, लुका मोड्रिच, टोनी क्रुस, डानी कार्भजाल, सर्जियो रामोस, इस्को, गेराथ बेल, कासिमारोना, राफेल भेरोन र नाचाको नाममा पनि पाँच उपाधि छन् ।
७ सय खेल नजिक
क्लब फुटबलमा बेन्जेमाले ६ सय ६१ खेल खेलिसकेका छन् । उनले यहि सिजन ७ सय खेलको कीर्तिमानी बनाउने सम्भावना छ ।
ला लिगा गोल र एसिस्ट
ला लिगामा पनि बेन्जेमा अन्य कीर्तिमानको नजिक छन् । अब ५ एसिस्ट गर्दा उनको नाममा १ सय एसिस्ट हुनेछ । त्यस्तै ३१ गोल गर्दा गोल संख्या २ सय पुग्नेछ ।
फ्रान्सेली टोलीको सम्भावना
बेन्जेमाले फ्रान्सेली राष्ट्रिय टोलीमा फर्कने सम्भावनालाई कहिल्यै नकारेका छ्रनन् । रियलमा उच्च फर्म प्रदर्शन गरेपनि डिडिएर डेसच्याम्प हुँदासम्म फ्रान्सेली टोलीमा बोलाउने सम्भावना भने देखिदैन ।